बारामा झडप, प्रहरीद्वारा ८ राउन्ड हवाई फायर

होमल्याण्ड खबर

२०८० मंसिर ५ गते, मंगलवार ११:१३ मा प्रकाशित

महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूह बिच विवाद भई भएको झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन्। बाराकाे पचरौता नगरपालिका–७ बेनौलीमा सोमबार साँझदेखि नै झण्ड मेला लगाउने विषयलाई लिएर विवाद सुरु भएको थियो।

विवादले उग्र रुप लिएर राति ११ बजे दुई पक्षबीच ढुङ्गा हानाहान भएको थियो।

दुई पक्षको झडपलाई नियन्त्रणमा लिन प्रहरीले सोमबार राति ११ बजेतिर सुरुमा २ राउन्ड हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गरेपछि झडप केही साम्य भएको थियो। हनुमानको मङ्गलवार महाबिरी झन्डा मेला लाग्नु अघि सोमबार रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ। सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेल बिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिए।

बह्मबाबाको पुजा को समय सोमबार राती करिब १० बजेदेखि १२ बजेको समयमा भएको ढुङ्गा मुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउकोमा चाेट लागेकाे र ४२ बर्से चण्डीका पटेलको खुट्टा भाँच्चिएको उनले बताए। घाइते दुवै जनको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार भई रहेको छ ।

दुवै समूहले सोही ठाउँमा अलग–अलग मेला लगाउन अडान लिएपछि विवाद सुरू भएकाे हाे।