महेश बस्नेतको चेतावनी- ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?

होमल्याण्ड खबर

२०८० मंसिर ७ गते, बिहीबार १३:४७ मा प्रकाशित

नेकपा (एमाले) को युवा संघले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी छ। प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

प्रदर्शनस्थलबाट सम्बोधन गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शहलाई निर्मल निवासमा बस्न मन छ कि छैन भनेर चेतावनीमूलक प्रश्न समेत गरेका छन्।

‘लोकतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । जुँगा मठारेर बसेका ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’ उनले प्रश्न गरे। बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न समेत सुझाव दिए।

राजतन्त्रको नाममा यस्तै अराजक गतिविधि बढ्दै गए र पूर्व राजा ज्ञानेन्द्रले समर्थन जनाउँदै गएमा एक दिन उनले देश छाड्ने दिन आउने उनको दाबी छ।