तीनकुनेमा प्रसाईंका कार्यकर्ता जम्मा हुन नदिने प्रहरीको रणनीति, पैदलयात्रीसमेत पक्राउ

होमल्याण्ड खबर

२०८० मंसिर ८ गते, शुक्रबार १३:०५ मा प्रकाशित

काठमाडौँको तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधरणहरुलाई नेपाल प्रहरीले पक्राउ गर्न थालेको छ। शुक्रबार तीनकुने क्षेत्रमा हिँडिरहेका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त क्षेत्रमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गर्न लागेका छन्। केही समय अगाडि आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ।

आन्दोलनको तयारी गर्न काठमाडौँको तीनकुनेमा जम्मा हुन लागेका प्रसाईं समर्थकलाई प्रहरीले तितरबितर पारेको हो। सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।