१ चैत्र २०८२, आईतवार
व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनी रूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका छन्।
शुक्रबार प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।


रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।