८ बैशाख २०८२, सोमबार
नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले वीरगञ्ज युनाइटेड सँग खेल्ने भएको छ। आज बेलुका ५ः३० बजे दशरथ रंगशाला यी दुई टिमले एक अर्काको सामाना गर्ने भएका छन् ।
धनगढी र वीरगञ्जको यो पहिलो भेट रहेको छ , धनगढीले यस भन्दा पहिला काठमाडौं सँग १–०ले पराजित भएको थियो ।
धनगढी प्रतियोगिताको पछिल्लो उप–विजेता हो । धनगढीले अहिलेसम्म प्रतियोगितामा कुल आठ खेल खेलेको छ जस मध्यमा चार जित हात पारेको छ ।