१ चैत्र २०८२, आईतवार
सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो ।
यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

