४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादीले कालो झन्डा देखाएका छन् ।
नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका सचिव भट्टराईलाई उनकै निवासअगाडि कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका हुन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेताकार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो ।
सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
पहिचान पक्षधरले एमाले कार्यालयअगाडि पनि प्रदर्शन गरिरहेका छन् । उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने गर्दै नाराबाजी गरेका छन् ।
पहिचानवादीले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।