२३ बैशाख २०८३, बुधबार
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियाको आजियाटा कम्पनी बाहिरिने भएको छ ।
एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो।


आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै एनसेलबाट बाहिरिने उद्देश्यका साथ यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।
एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो ।