४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज युनाइटेड अरब इमिरेट्स (यूएई) बाट स्वदेश फर्किँदै छन्। विश्व जलवायु शिखर सम्मेलन (कोप-२८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने छन्। प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरूले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यकता पनि औँल्याए। उनले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते यूएई प्रस्थान भएका थिए।