८ मंसिर २०८१, शनिबार
नेपाली बजारमा सुनको मूल्य लगातार ऐतिहासिक बिन्दुमा पुगेको छ। आइतबार नयाँ रेकर्ड बनाएको सुनको भाउले सोमबार पुन उक्त रेकर्ड तोडेको हो।
सोमबार छापावाला सुनको भाउ १ लाख २१ हजार ६०० रुपैयाँमा कायम गरिएको छ। यो हालसम्म कै उच्च रेकर्ड हो। आइबारको तुलनामा सोमबार छापावाला सुनको भाउ ८०० रुपैयाँ बढेको हो ।
आइतबार प्रतितोला छापावाला सुनको भाउ भाउ १ लाख २० हजार ८०० रुपैयाँ रहेको थियो। विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएको सुन(चाँदी व्यवसायीहरु बताउँछन्।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम भएको छ। आइतबार तेजावी सुनको भाउ १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको थियो । महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ ।