भारतीय वायु सेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

होमल्याण्ड खबर

२०८० मंसिर १८ गते, सोमबार १४:१० मा प्रकाशित

भारतको तेलंगनामा भारतीय वायु सेनाको विमान दुर्घटनामा परेकाे छ। सोमबार बिहान भारतीय वायु सेनाको ट्रेनर विमान दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार दुई पाइलटको ज्यान गएको छ।

पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो। विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।