टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’

होमल्याण्ड खबर

२०८० मंसिर १९ गते, मंगलवार १६:०६ मा प्रकाशित

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएका छन्।

सर्वोच्च अदालतमा मंगलबारबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध १४ रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए।

यसअघि अदालतले मंसिर ५ गते टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।