४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिभावान् युवाहरूलाई स्वदेशमै बसेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुँदै जाने बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताए।
सरकारका विभिन्न बाध्यताले यस क्षेत्रमा अपेक्षित स्रोत प्रदान गर्न नसकिएको उनले सुनाए।
‘म आफैं पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु’, कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति थियो ।
देशको आवश्यकता र प्राथमिकतालाई हेरेर सरकारका निकायसँगको सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न उनले अनुरोधसमेत गरे ।