४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बुधबार) सचिवालयको बैठक बोलाएको छ। महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने र साँझ पाँच बजे सचिवालयको बैठक बोलाइएको पार्टी उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।
रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ।
सहप्रवक्ताबाहेक सबै पदाधिकारी सचिवालयमा छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ। त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बाेलाइएकाे रास्वपाले जनाएकाे छ।