९ मंसिर २०८१, आईतवार
प्रहरीले काठमाडौंको न्युरोडस्थित तस्करीकाे सुन गाल्ने कारखानामा छापा मारेकाे छ। मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेर एक जना सुन व्यापारीलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका छन्।
प्रहरीले सुन समेत बरामद गरेको छ। यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन। ५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनले तस्करी गरी ल्याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो।