मौद्रिक नीतिकाे पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै

होमल्याण्ड खबर

२०८० मंसिर २२ गते, शुक्रबार १०:५७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक नीतिको समीक्षा पारित गर्न अहिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसेको छ।

बैठकले परित गरेपछि आजै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ। ९कात्तिक मसान्तभित्रै सार्वजनिक गरिसक्नुपर्ने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा विभिन्न कारण देखाउँदै विलम्ब भएको हो ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिन अहिले राष्ट्र बैंकलाई चौतर्फी दबाब आइरहेको छ ।

बैंक–वित्तीय संस्थामा तरलता थुप्रिएको छ। महँगो ब्याजदरका कारण कर्जा प्रवाह हुन सकेको छैन। यस्तै, अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सबल बन्दै गएका छन् । यस्तो अवस्थामा आवश्यकता अनुसार यसअघि कसिएका नीतिहरुमा खुकुलो बनाउँदै जाने नीति केन्द्रीय बैंकले लिने अपेक्षा गरिएको छ ।