२३ बैशाख २०८३, बुधबार
काठमाडौं। काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।
उक्त जहाजको आपतकालीन ढोकाको सिसा उड्दाउड्दै बीच रुटमै खसेको पाइएको हो। उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएकाे थिएन। तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन।


जहाजमा दुई जना प्यासेन्जर पनि थिए। जहाज सकुसल अवतरण गरिएको छ। जहाजकाे अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।