संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

होमल्याण्ड खबर

२०८० मंसिर २५ गते, सोमबार ११:५१ मा प्रकाशित

काठमाडौं। संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।

पदावधि ३ वर्ष बाँकी रहँदै गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामाको कारण प्रष्ट पारिएको छैन। उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन्।