संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस

होमल्याण्ड खबर

२०८० मंसिर २५ गते, सोमबार १२:५३ मा प्रकाशित

संघीय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा सिफारिस भएका छन्।

महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सिफारिस गरेका हुन्।

सभामुख र अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।