९ मंसिर २०८१, आईतवार
दुबईमा जारी एसीसी यू–१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। आइसीसी ओभलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।
यस प्रतियोगितामा नेपालले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो।
त्यस्तै समुह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ।
भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजति गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो।
समुह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २–२ खेलमा एक एक खेल जितेर २–२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ।
नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ। अर्को खेलमा अफगानिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।