नैना दोहोरी साँझमा आगलागी

होमल्याण्ड खबर

२०८० मंसिर २७ गते, बुधबार १०:५३ मा प्रकाशित

पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको छ। प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।