४ मंसिर २०८१, मंगलवार
संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् ।
सभामुख देवराज घिमिरेले पाण्डेलाई कार्यवाहक महासचिव नियुक्त गरेका हुन् ।
महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था अनुसार पाण्डेलाई नियुक्त गरिएकाे हाे ।