ललितपुरमा स्वास्थ्य बिमा लागु

होमल्याण्ड खबर

२०८० पुष २ गते, सोमबार १४:४५ मा प्रकाशित

ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागु भएको छ ।

ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र सुरु गरेका हुन् ।