पीपीएल फाइनल : पोखराले टस जित्यो, चितवन ब्याटिङ गर्दै

होमल्याण्ड खबर

२०७५ कार्तिक २० गते, मंगलवार १०:४१ मा प्रकाशित

सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा भईरहेको छ ।

पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेको छ । र, फिल्डिङ रोजेको छ । पारस खड्काको चितवनले ब्याटिङ थाल्नेछ  ।

दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।

विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।