४ मंसिर २०८१, मंगलवार
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो ।अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक बिहान ११ बजे बस्ने भएकाे छ । भू-कम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण गरेको हो ।
बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । बिहान १० बजे प्रधानमन्त्री प्रचण्डले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सहरी विकासमन्त्री सीता गुरूङले जानकारी दिइन् ।