३० फाल्गुन २०८२, शनिबार
काठमाडाैं। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।
न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका ६ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो।


सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो।
संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको समितिका सदस्य नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले जानकारी दिए। गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो।