धर्ना बस्न सिंहदरबारको गेटमा पुगेकी बिनु यादव पक्राउ

होमल्याण्ड खबर

२०८० पुष ४ गते, बुधबार १४:२३ मा प्रकाशित

बैवाहिक बलात्कारको मुद्दामा लामो समयदेखि न्यायका लागि आन्दोलन गरिरहेकी बिनु यादव पक्राउ परेकी छन्। प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो। आफ्नै श्रीमान प्रदीप कडायतबाट घरेलु हिंसामा परेकी यादव सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो।

नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।