६ चैत्र २०८२, शुक्रबार
पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ ।
अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।


जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।