४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने बताए।
उनले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि कांग्रेसको महासमिति बैठक सार्नुपरेको बताए। अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी छ।
डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे। जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए।