४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किराँतीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन्।
रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्न समेत गरेका छन्। किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा जेल हाल्ने चेतावनी दिएका थिए।
रावलले किरातीलाई प्रश्न गर्दै सोधेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न: के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले मुन्धुमु मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो।’