माध्यमिक तहमा ४३५ शिक्षककाे माग

होमल्याण्ड खबर

२०८० पुष ८ गते, आईतवार ०९:५१ मा प्रकाशित

शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेकाे छ । आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।

शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने आयोग स्रोतले जनाएको छ ।

उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोग स्रोतको भनाइ छ  ।