लाइसेन्सकाे छपाइ ६ महिनादेखि ठप्प, १४ लाख कार्ड छाप्न बाँकी

होमल्याण्ड खबर

२०८० पुष ८ गते, आईतवार १२:४५ मा प्रकाशित

काठमाडाैं। लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्। उनीहरूले लाइसेन्स पाउन सकेका छैनन्।

यातायात व्यवस्था विभागका अनुसार विगत १५ महिना देखि लाइसेन्स छाप्ने काम पूर्ण क्षमता अनुसार भएको थिएन। आंशिक छपाई भइरहेको थियो, त्यसमा पनि पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प झैँ छ।

अहिले विभागले निकै सीमित सङ्ख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जाने व्यक्तिहरूलाई लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक साढे ३सय देखि ४सय सम्म हुने गरेको छ।

विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो। विभागसँग भएका सीमित कार्डबाट निकै थोरै सङ्ख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्। उनीहरूले कहिले लाइसेन्स पाउँछन्, यसको टुङ्गो छैन।

सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नु पर्ने लाइसेन्सको संख्या अहिले महिनै पिच्छे थपिएको थपिएकै छ। यति बेलासम्म छाप्न बाँकी रहेका लाइसेन्सको संख्या झन्डै १४ लाख पुगिसकेको छ। विभागले अहिले लाइसेन्स पाउन नसकेका सवारी चालकहरूलाई अस्थायी प्रकृतिको लाइसेन्स दिने गरेको छ। यस्तो लाइसेन्स निकै कमजोर छ। केही दिनमै नष्ट हुने सम्भावना रहन्छ।

विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले पर्याप्त लाइसेन्स छाप्न नसक्दा पछिल्लो ५ महिना यता वैदेशिक रोजगार र विदेशमा अध्ययन गर्न जाने व्यक्तिहरूलाई मात्र लाइसेन्स दिन सकिएको बताए। उनका अनुसार आगामी माघ २ देखि ठुलो सङ्ख्यामा लाइसेन्स छाप्ने गरी तयारी अघि बढाइएको छ। ‘