संकटकाल घोषणा नै गरेर भए पनि पूर्वाधार कामलाई जोड दिनेछौं: प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १७:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटकाल घोषणा नै गरेर भए पनि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकतामा राखिने बताएका छन् ।

सरकारको १ वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

यस वर्ष ७७६.६१  किलोमिटर सडक कालोपत्रे निर्माण भएको, ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको तथा १८१.९२ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको उनले बताएका छन् ।

यसैवर्ष थप १ लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको उनले बताए ।