४ मंसिर २०८१, मंगलवार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताए ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले अब सरकारको कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डौ नछाड्ने बताए ।
सम्बोधनकै क्रममा प्रधानमन्त्रीले बनिसकेका आयोजनाको जस लिन हानाथाप गर्नेभन्दा पनि सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको पनि बताए। उनले यही हप्ता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी पनि गराए।