२३ भाद्र २०८३, मंगलवार
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १५ लाख ६४ हजार ५ सय ६४ जना योग्य सर्बसाधारणको आवेदन परेकोमा १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर प्राप्त गर्न सफल भएका छन् भने ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गर्दा २९ हजार २१ जनाले थप १० कित्ता गरी कुल ४० कित्ता शेयर पाएका छन्।