६ चैत्र २०८२, शुक्रबार
नेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।


खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई बुधबार दोषी ठहर गरेको हो । कोइरालालाई बैंकको सिस्टम आफ्नो नियन्त्रणमा लिएर बैंकमा जम्मा गर्नुपर्ने रकम व्यक्तिगत खातामा राखेको आरोप लागेको थियो ।