एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

होमल्याण्ड खबर

२०८० पुष १२ गते, बिहीबार १०:२६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सातौं बैठक बिहीबार पनि छ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।

आज बिहान ११ बजेदेखि ललितपुरको ग्वार्खोमा सुरू हुने बैठकमा विधानको मस्यौदामाथि छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। विधानमाथिको छलफलका लागि एकीकृत समाजवादीले प्रश्नावली केन्द्रीय सदस्यलाई उपलब्ध गराएको छ।

विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाइएको छ ।