लक्ष्मी पुन नियुक्त हुँदा पेश गरेको कागजात ३ दिनभित्र पेश गर्न निर्देशन

होमल्याण्ड खबर

२०८० पुष १२ गते, बिहीबार १६:१५ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात मागेको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर गरिएको छलफलमा पुनको नियुक्ति विवादमा परेको बताउँदै नियुक्त हुँदा पेश गरेका कागजातहरू ३ दिनभित्रै समितिमा पेश गर्न कोषलाई निर्देशन दिएको छ ।

समितिमा सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए ।