धरानका मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १०:४६ मा प्रकाशित

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन्। उनले प्रधानमन्त्री र राष्ट्रपतिकाे फोटो हटाएर यलम्बरको फोटो राखेका हुन्।

उनले यसअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारले महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए।

‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।