कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १२:१५ मा प्रकाशित

कञ्चनपुरमा १६ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन्।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए। पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो।