४ मंसिर २०८१, मंगलवार
काठमाडौँ — कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले चक्रपथमा प्रदर्शन गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए ।