प्रहरीले छाड्याे बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई, मुद्दा नचलाउने निर्णय

होमल्याण्ड खबर

२०८० पुष १५ गते, आईतवार १०:४६ मा प्रकाशित

काठमाडौं। ललितपुरको बालकुमारीबाट शुक्रवार पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ। साथै, उनीहरूमाथि मुद्धा पनि नचलाउने निर्णय भएको छ।

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको थियाे। दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाहकाे मृत्यु भएकाे थियाे।