चाबहिलबाट हिस्सीछायाँलाई अपहरण गरेको आरोपमा ४ जना पक्राउ

होमल्याण्ड खबर

२०८० पुष १५ गते, आईतवार १२:२५ मा प्रकाशित

काठमाडौंको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।

रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन्। उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको दाबी गरेका छन्। आरोपीहरूले साढे १३ लाख फिरौती लिएपछि छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।