शेयर बजारमा ८.७५ अंकको गिरावट

होमल्याण्ड खबर

२०८० पुष १६ गते, सोमबार १५:५९ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८.७५ अंकले घटेर दुई हजार ६० दशमलब १५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ८.०९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २० करोड १३ लाख बराबरको कारोबार भएको छ ।