टोपबहादुर र टेकनारायणलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०८० पुष १६ गते, सोमबार १६:३३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने आदेश दिनुको कारण पेश गर्न उच्च अदालत पाटनको नाममा आदेश जारी गरेको छ ।

आफूलाई थुनामै राख्ने गरी उच्च अदालत पाटनबाट भएको आदेश बदर गराउन माग गर्दैै रायमाझी सर्वोच्च पुगेका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले रायमाझीलाई थुनामा पठाउने गरी दिएको आदेशको कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको हो ।

त्यस्तै, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको निवेदनमा पनि सर्वोच्चले कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । रायमाझी र पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत सोही आदेशलाई सदर गरेको थियो ।