६ चैत्र २०८२, शुक्रबार
उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको छ ।
बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् ।


त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।


