प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजिनामा स्वीकृत

होमल्याण्ड खबर

२०८० पुष १९ गते, बिहीबार १४:०४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा राजीनामा बुझाएका थिए ।