सिन्धु विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

होमल्याण्ड खबर

२०७५ कार्तिक २५ गते, आईतवार १३:४८ मा प्रकाशित

सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।   यो सम्झौताबाट सिन्धु विकास बैंकका सम्पूर्ण ग्राहकहरूले शिखर इन्स्योरेन्सका बिमालेखहरू लिन, बिमाशुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानी सम्पूर्ण सुविधाको उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु विकास बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सक्नेछन् ।