३ मंसिर २०८१, सोमबार
राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।
नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार हुँदा जितनजिक छन् ।
सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।