राष्ट्रियसभा निर्वाचन : राप्रपाका थापाले फिर्ता लिए उम्मेदवारी फिर्ता

होमल्याण्ड खबर

२०८० पुष २७ गते, शुक्रबार १६:५५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अन्य पदमा उम्मेदवारी दिएका जानकारी दिएका छन् ।

उनको उम्मेदवारी फिर्तासँगै लुम्बिनीमा महिलातर्फ ३ र अन्यतर्फ ३ जना गरी ६ जना उम्मेदवार रहेका छन् ।

लुम्बिनीमा दुई पदको लागि निर्वाचन हुँदैछ । महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दिएका छन् ।

आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५ मतदाता छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।